 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज वैशाख ९ गते (शुक्रबार) बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा उपकार लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।
उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो। कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
क्यापिटलका अनुसार यो आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ४९ हजार ५६ आवेदकबाट माग भएको २ करोड ६२ लाख ३० हजार ९३० कित्तामात्रै सदर भएको छ। बाँकी २ हजार ४०६ आवेदकबाट माग भएको २६ हजार ७२० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो लघुवित्तको आईपीओ गोलाप्राथबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये २० कित्ता माथि आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 
यो आईपीओमा २३ लाख २६ हजार ९४१ जनाको हात खाली भएको छ। 
आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। आईपीओको नतिजा मेरो सेयर, सीडीएससीको iporesult.cdsc.com.np र धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइटमा हेर्न सकिनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19