 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि शुक्रबारबाट कारोबारमा आउने भएको छ।
यो लघुवित्तको आईपीओ आज बिहीबार नेप्सेमा सूचीकृत भएसँगै यो कम्पनीको सेयर भोलि शुक्रबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको हो। नेप्सेमा यो लघुवित्तको कुल ६ लाख ५६ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४ लाख २० हजार कित्ता (६४%) र सर्वसाधारण (कर्मचारीसहित) २ लाख ३६ हजार २५० कित्ता (३६%) रहेको छ।
नेप्सेले यो लघुवित्तलाई ‘यूएलबीएसएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ४०३.९१ रुपैयाँदेखि अधिकतममा १२११.७३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा उपकार लघुवित्तको सेयर किनबेच भएमा नियमित समयका लागि सेयर कारोबार खुल्नेछ।
उपकार लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ९ गते गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19