काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।
कम्पनीको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको को अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै सोसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।
यसैगरी, सोही बैठकले वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावसहितका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नका लागि स्वीकृतिको दिन नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलले साधारणसभा बोलाउने छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा कुल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।जसअनुसार ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश थियो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19