काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार अब उपकार लघुवित्तको आईपीओमा भोलि चैत ३० गतेसम्म आवेदन दिन पाइनेछ। गत चैत २७ गते राम नवमीका अवसरमा सार्वजनिक बिदा दिइएकोले आवेदन दिने म्याद एक दिन थप गरिएको एसबीआई मर्चेन्टले जनाएको छ।
संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो।
संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार सोमबार साँझ ६ बजेसम्म यो आईपीओमा १८ लाख ३८ हजार ५३२ आवेदकबाट २ करोड ९ लाख ९६ हजार २०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा ९४.९४ गुणा बढी आवेदन हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ७ गते निष्कासन अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago