 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १२४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो।
संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
यो आईपीओमा आज चैत ३० गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज बुधबार साँझ ५ बजेसम्म यो आईपीओमा २४ लाख ३१ हजार १७० आवेदकबाट २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १२४.६४ गुणा बढी आवेदन हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ७ गते निष्कासन अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19