सिमकोट । नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीले उपचारका लागि काठमाण्डौ आउनका लागि हेलिकोप्टरमै ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न बाध्य भएका छन्।
उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङलाई उपचारका लागि काठमाण्डौ ल्याउन हेलिकोप्टमै ७ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपरेको हो। उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाण्डौबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताए।
गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको लामाले बताए। ‘आफ्नै खर्चमा बिरामीलाई उपचारका लागि काठमाण्डौ लगिएको हो’, लामाले भने, ‘७ लाख ५० हजार रुपैयाँ महँगो हवाई भाडा तिरेर उपचारका काठमाण्डौ लगिएको छ।’
काठमाण्डौबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरुलाई काठमाण्डौ लगिएको हो। पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहेको थियो। आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो।
पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाढडौ लगिएको हो। बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ।
उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महँगो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्।
हिउँदयाममा यस क्षेत्रमा चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सीधै काठमाण्डौबाट हेलिकोप्टर मगाएर महँगो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ।
यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ।
बिरामी आफैँले हेलिकोप्टर रिजर्भ गर्दा ७ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
- RSS
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago