काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका अस्पतालहरुलाई नियमित शल्यक्रिया गर्न रोक लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको बताएका छन् । उनका अनुसार कोभिड १९ को संक्रमण बढेर लक्षणसहितका गम्भीर बिरामीले बेड नपाउने अवस्था सिर्जना भएकोले तत्कालका लागि कुनै पनि अस्पतालले नियमित शल्यक्रिया गर्न पाउने छैनन् ।
तर, आकस्मिक शल्यक्रियाका लागि भने कुनै पनि रोक नलगाइएको उनले प्रष्ट पारेका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयले काठमाण्डौका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने घोषणा गरेको छ ।
यसैगरी, स्वास्थ्य मन्त्रालयले कार्यालयको समय र दिन घटाउन, व्यापार व्यवसाय संचालनको समय र दिन तोक्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
दशैंको बाहानामा लापरबाहीपूर्ण तरिकाले व्यापार व्यवसाय संचालन नगर्न, धेरै हिँडडूल नगर्न समेत स्वास्थ्यले नागरिकहरुलाई आह्वान गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago