काठमाण्डौ । कोरोना संक्रमित बढेसँगै उपत्यकाका तीन जिल्लाको सवारी साधन संचालनमा लागू गरिएको जोरविजोर प्रणाली खारेज गरिएको छ । 

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार साँझ बसेको बैठकले कोरोना संक्रमणको ग्राफ लगातार ओरालो लागेको निश्कर्ष निकाल्दै उपत्यकाको सवारी संचालनमा लागू भएको जोरविजोर प्रणाली पूर्ण रुपमा खारेज गर्ने निर्णय गरेको हो । अब भोलि(सोमबार)देखि नै यातायातका सबैखालका साधन उपत्यकामा निर्वाध संचालन हुन पाउनेछन् । 

सीडीओहरुको बैठकपछि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नयाँ आदेश जारी गर्दै फागुन १ गतेबाट विद्यालय समेत खोल्न सकिने भनेका छन् । विश्वविद्यालय, विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्न सकिने आदेशमा उल्लेख छ । 

विद्यालय संचालन गर्दा १२ वर्ष उमेर पूरा गरेका विद्यार्थीको हकमा नियमित र १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरुको हकमा विद्यार्थी संख्या समेत विचार गरी आलोपालो पढाई संचालन गर्न सकिने भनिएको छ । 

सपिंग मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा ५ ० जनाभन्दा बढी हुन नहुने, पूर्ण खोप लगाएको कार्ड वा त्यसको प्रमाणका आधारमा त्यस्ता स्थानमा ग्राहकलाई प्रवेश दिनुपर्ने नियम समेत लगाइएको छ । यसअघि यस्ता स्थानमा एकपटकमा २० जनाभन्दा बढी हुन नहुने भनिएको थियो । 

पार्टी प्यालेसमा पूर्ण क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएको १०० जनामा नबढ्ने गरी उपस्थिति रहने र जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विवाह, ब्रतबन्ध, न्वरान, पास्नी जस्ता धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम संचालन गर्न सकिने समेत नयाँ आदेशमा उल्लेख छ । 

नयाँ आदेशमा डान्सबार, दोहोरी, नाचघर, लाउञ्ज, पब, क्लब लगायतका रात्रिकालीन व्यवसाय, सिनेमा, हेल्थ क्लब, जीमखाना, स्वीमिंग पुल र फुटसल फागुन १ गतेदेखि राति १० बजेसम्म संचालन गर्न सकिने भएको छ । 

काठमाण्डौका प्रजिअले आज जारी गरेको नयाँ आदेश यस्तो छः