काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ३०१ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ नयाँ संक्रमित फेला परेका हुन् ।
काठमाण्डौ उपत्यकामा ३०१ सहित देशभर ८८५ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोनाबाट संक्रमितहरुको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । यसमध्ये हालसम्म १९ हजार ५०४ जना निको भएर घर फर्किइसकेका छन् भने १४ हजार ७४९ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये ६ हजार २८ जना होम आइसोलेसनमा र ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ३८५ संक्रमित निको भएर घर फर्किएका छन् । बुधबारसम्ममा नेपालमा कोरोनाबाट संक्रमित भएकामध्ये निको हुनेको दर ५६.६ प्रतिशत मात्र रहेको छ । यो विश्वमा निको हुने दर भन्दा निकै न्यून हो ।
सरकारले पछिल्लो २४ घण्टामा १३ हजार २५३ जनाको पीसीआर परीक्षण गरेको छ । योसहित हालसम्मको कुल पीसीआर परीक्षण गरिएको संख्या ६ लाख ३५ हजार ३५१ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १५१ संक्रमित आइसियूमा उपचाररत् छने भने प्रदेश १ मा १ र बागमतिमा १३ जना गरी १४ जना भेन्टिलेटरमा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago