काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३७७ कोरोना संक्रमितको पहिचान भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ गरी उपत्यकामा ३७७ कोरोना संक्रमित थपिएका हुन् ।
उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा १ हजार १११ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ५६९ संक्रमित निको भएर डिस्चार्ज भएका समेत बताइएको छ । योसहित निको हुनेहरुको कुल संख्या २० हजार ७३ रहेको छ । निको भएका संक्रमितको संख्या ५६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टाभित्र १२ हजार ६२९ पीसीआर परीक्षण भएको छ । योसहित देशमा कुल पीसीआर परीक्षण भएको संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ ।
काठमाण्डौ उपत्यकामा कति छन् ?
काठमाण्डौ उपत्यकाको तीन जिल्लामा बिहीबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार माथि पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरमा ५ हजार ३१ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये ३ हजार ५०३ जना संस्थागत आइसोलेसनमा र १ हजार ५२८ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
देशभर ९ हजार ६३ संक्रमित संस्थागत आइसोलेसन तथा ६ हजार २१० संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago