काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३९६ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाण्डौमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ संक्रमित थपिएका हुन् । 

पछिल्लो समय दैनिक रुपमा थपिने कोरोना संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । यहीकारण मंगलबारसम्म आइपुग्दा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुको संख्या घटेर ८ वटामा सीमित भएको छ । केही दिनअघिसम्म यो संख्या बढेर १२ सम्म पुगेको थियो ।

हाल मोरंग, सुनसरी, धनुषा, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

यस्तै, ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा एकजना पनि संक्रमित छैनन् । 

यसैबीच, पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, काठमाण्डौका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुक ६२ वर्षीय पुरुष रहेका छन् । हालसम्म कुल संक्रमितमा मृत्युको प्रतिशत ०.६३ रहेको छ ।