काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४६४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डौमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमित फेला परेका हुन् ।
बागमति प्रदेशको काठमाण्डौ, ललितपुर र भक्तपुरबाहेक बढी संक्रमित भेटिएका जिल्लामा मकवानपुर पनि रहेको छ । जहाँ पछिल्लो समय ४२ जना संक्रमित भेटिएका छन् । यस्तै, चितवनमा पनि २१ संक्रमित फेला परेका छन् ।
प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा ७७ जना र सुनसरीमा ५६ संक्रमित फेला परेका मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा सबैभन्दा धेरै सिरहामा ८१ र रौतहटमा ७० संक्रमित फेला परेका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा १० जना, प्रदेश ५ मा सबैभन्दा धेरै रुपन्देहीमा ४२ जना, कर्णाली प्रदेशमा सुर्खेतमा २२ जना र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै दार्चुलामा ३ संक्रमित फेला परेका छन् ।
हाल देशभर १६२ संक्रमित आइसियूमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा धेरै बागमति प्रदेशमा १०१ संक्रमित आइसियूमा र २१ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
आज मृत्यु हुनेहरुमा काठमाण्डौका ८३ वर्षीया महिला, ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया एक महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago