काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४३१ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ३७७ संक्रमित थपिएका हुन् ।
यस्तै, भक्तपुरमा १७ र ललितपुरमा ३७ संक्रमित थपिएका छन् ।
काठमाण्डौबाहेक बागमति प्रदेशमा मकवानपुर जिल्लामा पनि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । पछिल्लो अवधिमा यो जिल्लामा १०७ संक्रमित थपिएका छन् ।
धेरै कोरोना संक्रमित थपिने विभिन्न जिल्लाहरुमा मोरंग(५८), सर्लाही(८३), नवलपरासीपूर्व(५१), कास्की(३५), रुपन्देही(८१) रहेका छन् ।
देशभर १६० आइसियू र २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
मृतक कहाँका कति ?
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ११ पुरुष र ३ महिला रहेका छन् ।
मृत्यु हुने महिलाहरुमा पर्सा(७८), काठमाण्डौ(७६) र तनहुँ(७६) रहेका छन् ।
यस्तै, मृतक पुरुषहरुमा सुनसरी(४३), काठमाण्डौ(३८, ५१, ५४, ६१ र ७२), स्यांग्जा(८५), गोरखा(४५), कास्की(५१), रुपन्देही(६० र ४०) रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago