काठमाण्डौ । पछिल्लो २४ घण्टाभित्र देशभर १ हजार ५७३ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा ८८५ संक्रमित मात्रै निको भएर घर फर्किएका छन् । थपिएको संख्यासहित सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा पुनः लकडाउन गर्नुपर्ने सुझाव दिएको र यो संख्या दिनहुँ बढ्न थालेपछि निजी क्षेत्र र सर्वसाधारणमा त्रास उत्पन्न भएको छ ।
पुनः लकडाउन हुने हो कि भन्ने त्रासले चलायमान बन्न थालेको आर्थिक क्षेत्रमा समेत त्रास सिर्जना भएको छ । निजी क्षेत्रका संघसंस्था र नेताहरुले पुनः लकडाउन नगर्न, बरु सचेतनाको महाअभियान संचालन गर्न सरकारलाई आग्रह गरिरहेका छन् ।
देशभर १० हजार १२३ पीसीआर टेस्ट हुँदा १५७३ मा पोजिटिभ रिपोर्ट आउनुले संक्रमण दर बढिरहेको देखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबारसम्ममा कोरोनाबाट निको हुने दर ७३.४४ प्रतिशत रहेको छ ।
हालसम्म निको हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ४७७ पुगेको छ ।
काठमाण्डौ हटस्पट
पछिल्लो समय काठमाण्डौ कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकामा ८०९ संक्रमित थपिएका छन् । काठमाण्डौ जिल्लामा मात्रै ६३३ संक्रमित थपिएका छन् ।
यस्तै, ललितपुरमा १०४ र भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।
यो अवधिमा चितवनमा ८३ जना, मोरङमा १५२, रुपन्देहीमा ४७, सुर्खेतमा ७६, कैलालीमा ५६ संक्रमित थपिएका छन् ।
मृतक कहाँका कति ?
पछिल्लो अवधिमा मृत्यु भएकामध्ये ९ जना पुरुष र १ महिला रहेका छन् ।
मृतकमध्ये ५ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।
ललितपुरका ४२ र ७७ वर्षीय २ पुरुष, काठमाण्डौका ५० वर्षीया एक महिला तथा ६१ र ६२ वर्षीय २ पुरुष, बाराका २० वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष, र अछामका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago