काठमाण्डौ । पछिल्लो २४ घण्टामा थपिएका कुल संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाण्डौ उपत्यकाका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार ३५१ कोरोना संक्रमित थपिएकोमा काठमाण्डौ उपत्यकाका तीन जिल्लाका मात्रै ८१७ जना रहेका छन् । यो भनेको कुल थपिएका संक्रमितको ६०.४७ प्रतिशत हो।
उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा सबैभन्दा बढी ६४९ संक्रमित थपिएका छन् । ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना थपिएका छन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।
यो अवधिमा देशभरबाट ७४२ संक्रमित डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । यो संख्याका आधारमा निको हुने दर ७३.१० प्रतिशत रहेको छ ।
सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।
पछिल्लो अवधिमा देशभर १० हजार ८० को पीसीआर टेस्ट गरिएको थियो । योसहित कुल पीसीआर टेस्टको संख्या ९ लाख ९८ हजार ४०७ पुगेको छ ।
पछिल्लो २४ घण्टा देशभर थप ४ कोरोना संक्रमितको ज्यान गएको छ। मृतकमध्ये २ महिला र २ पुरुष छन् । सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षीया महिला, बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सोमबारसम्म देशभर २२५ आइसियूमा र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago