काठमाण्डौ । उपत्यकामा हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९३४ कोरोना संक्रमित फेला परेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा मात्रै ७४७ संक्रमित भेटिएका छन् । ललितपुरमा ११४ र भक्तपुरमा ७३ संक्रमित फेला परेका हुन् । 

अन्य केही जिल्लामा पनि कोरोना संक्रमित थपिने क्रम बढेको देखिएको छ । जसमध्ये मोरङमा १०१, सुनसरीमा ३२, चितवनमा ६२, बाँकेमा ४१, रुपन्देहीमा ९५ र कैलालीमा २७ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ३ महिला र ७ पुरुष छन् । कुल मृतकमध्ये काठमाण्डौका ३ जना रहेका छन् । 

मृतक महिलाहरुमा सर्लाही(७२), काठमाण्र्डा(५७) र बाँके(७६) रहेका छन् । यस्तै, मृत्यु हुने पुरुषहरुमा मोरङ(६८), महोत्तरी(५८), काठमाण्डौ(६० र ७०), चितवन(५५) र बाँके(५३ र ३९) रहेका छन् ।