काठमाण्डौ । उपत्यकामा ९४ जनासहित पछिल्लो २४ घन्टामा देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौ सर्वाधिक ७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै भक्तपुर र ललितपुर ८÷८ जनामा कोरोना संक्रमण देखिएको छ। यीसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा थप १११ जना संक्रमणमुक्त भएका छन्। यीसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ। योसँगै संक्रमणमुक्त हुने दर ९८.३ प्रतिशत पुगेको छ। 

हाल १ हजार ६४७ जना संक्रमित आइसोलोसनमा छन् भने ६१ जना क्वारेन्टिनमा छन्। अहिलेसम्म कोरोनाबाट ३ हजार ३१ जनाको ज्यानको गएको छ।