काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो। हिजो यो संख्या १२८ रहेको थियो। 

आज उपत्यकाका तीन जिल्लामा मात्रै १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौमा सर्वाधिक ९८, ललितपुरमा २६ र भक्तपुरमा १३ जना छन्। 

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। 

पछिल्लो २४ घन्टामा १०२ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। अहिले १ हजार ८३२ जनाको उपचार भइरहेको छ।

यसैबीच पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ जनाको ज्यान गएको छ। योसँगै मृतकको संख्या ३ हजार ३६ पुगेको छ।