काठमाण्डौ । लगातार दोस्रो दिन देशभर २५० जनाभन्दा बढीमा कोरोना संक्रमित पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ४ हजार २४३ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकाका ३ जनामा १४९ सहित थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा काठमाण्डौमा मात्रै १०८ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८ जना संक्रमित फेला परेका छन्। 

यीसँगै कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ।

पछिल्लो २४ घन्टामा ११३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।

हालसम्म ३ हजार ३६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।