काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ४ हजार १०० जनाको पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नयाँ संक्रमितमध्ये धेरै काठमाण्डौका मात्रै १६३ जना छन्। पछिल्लो २४ घन्टामा काठमाण्डौमा १३२, भक्तपुरमा ५ र ललितपुरमा २६ जनामा संक्रमण पुष्टि भएको हो। 

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन्। ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आईसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ७४ जना संक्रमणमुक्त भएका छन्।