काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जना एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै १ हजार १७४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाण्डौमा ९८७ जना, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा देशभर ९ वर्षमुनिका ५१ जना बालबालिकामा कोरोना पुष्टि भएको छ। 

यो अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ। अझै १२ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा देशभर ५ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनुको संख्या ३ हजार ११७ पुगेको छ।