काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आवागमनमा कडाइ गरिने भएको छ। 

उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका सीडीओहरुले गृह मन्त्रालयसँगको परामर्शपछि उपत्यकामा आवागमनमा कडाइ गर्ने तयारी गरेका हुन्। करिब डेढ साता काठमाण्डौमा कडाइ गर्ने तयारी भइरहेको काठमाण्डौ प्रशासन स्रोत बताउँछ। 

आज मध्याह्न उपत्यकाका सीडीओहरुको बैठकले यसबारे औपचारिक निर्णय गर्नेछन्। यसरी आवागमनमा कडाइ गर्नुअघि सर्वसाधारणलाई आवश्यक तयारी गर्न १–२ दिइने पनि बताइएको छ।