काठमाण्डौ । निषेधाज्ञाकै बीच पनि काठमाण्डौ उपत्यकामा कोभिड १९ को संक्रमण कम भएको छैन ।
काठमाण्डौ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यो क्रम जेठ १३ गतेसम्म जारी रहने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको आदेश छ ।
प्रशासन कार्यालयहरुले लगातार निषेधाज्ञामा कडाई गरिएको बताए पनि कोभिड संक्रमित थपिने संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन ।
काठमाण्डौ उपत्यकामा रहेका तीन जिल्लामा जेठ लागेपछिको कोभिड संक्रमितहरुको थपिएको संख्याले समेत निषेधाज्ञाले खासै काम नगरेको देखिन्छ ।
जेठ १ गते काठमाण्डौ उपत्यकामा २३६९ संक्रमित फेला परेका थिए । जेठ ७ गते यो संख्या केही बढेर २४४७ पुगेको छ । जेठका ७ दिनमा सबैभन्दा बढी जेठ ६ र ३ गते काठमाण्डौ उपत्यकामा संक्रमित फेला परेका थिए । जेठ ६ मा ३२३२ र जेठ ३ गते ३०९८ संक्रमित थपिएका थिए ।
सबैभन्दा कम जेठ १ गते संक्रमित थपिएका थिए ।
उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा संक्रमित थपिने संख्या धिमा गतिमै भए पनि घटिरहेको देखिन्छ भने भक्तपुरमा खासै घटेको देखिन्न । काठमाण्डौमा पनि संक्रमित थपिने संख्या खासै घट्न नसकेको देखिन्छ ।
संक्रमितको संख्या घट्न नसकेको, बरु बढिरहेका कारण काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा अझै लम्बिनसक्ने संभावना देखिन्छ । यो विषयमा तीनवटा जिल्ला प्रशासन कार्यालयहरुले जेठ १० गतेभित्र निर्णय लिइसक्ने बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19