काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने सहमति बनेको छ। 

आज बसेको काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठकमा उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने सहमति बनेको हो। यसको औपचारिक निर्णय सार्वजनिक गर्न बाँकी छ। 

बैठकमा सहभागी भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञाका बेला किसाना पसल, ग्रोसरी र डिपार्टमेन्ट स्टोर खोल्न दिने सहमति बनेको छ। ‘कार्यस्थलमा मजदुर राखेर निर्माणकार्य खुला गरिने सहमति बनेको छ’, उनले भने, ‘निर्माण सामग्री राति ओसारपसार गर्न दिने निर्णय भएको छ।’

थप गरिएको निषेधाज्ञाको अवधिमा मर्निङवाक र इभिनिङ वाक भने अझै रोक लगाउने प्रजिअहरुको बैठकले निर्णय गरेको छ।