काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक साता लम्बाउँदै जेठ २० गतेसम्म पुर्याइएको छ। निषेधाज्ञाको यो अवधि भोलि सकिँदैछ। 

जेठ १४ गतेदेखि थपिएको निषेधाज्ञाका बेला उपत्यकामा किराना पसलहरु पनि बन्द गरिएको थियो । अब किराना पसल बिहान ९ बजेसम्म खुला गर्न सकिने बैठकले निर्णय गरेको छ। 

बैठकमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जेठ २१ गतेबाट तरकार, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट (ग्रोसरीमात्र) बिहान ९ बजेसम्म खोल्न पाइनेछ। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण गर्न पाइने छैन। 

स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्ममात्र गर्न पाइनेछ। 

निर्माण सामग्री ओसारपसार गर्ने गाडी रातिको समयमा मात्रै चल्न दिइने निर्णय बैठकले गरेको छ। 

प्रजिअहरुको बैठकले गरेको निर्णयहरु यस्ता छन् –