काठमाण्डौ । प्रतिनिधिसभातर्फ तीन स्थानमा भइरहेको उपनिर्वाचनमा दुई स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)ले अग्रता लिएको छ।
मतगणना जारी रहँदा चितवन–२ र तनहुँ–१ मा रास्वपाले अग्रता लिइरहेको छ भने बारा–२ मा जनमत पार्टीले आग्रता कायम राखेको छ।
पछिल्लो मतगणनाअनुसार चितवन–२ मा १ हजार ४९२ मतसहित रास्वपाका उम्मेदवार रवि लामिछानले अग्रता लिइरहेका छन्। उनलाई एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार १३३ मतले पछ्याइरहेका छन्। तेस्रो स्थानमा कांग्रेसका जितनारायण श्रेष्ठ छन्। उनले ७९५ मत पाएका छन्।
उता तनहुँ–१मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरणसहित अग्रता लिइरहेका छन्। उनले अहिलेसम्म १५ हजार ९५८ मत पाएका छन्।
वाग्लेलाई कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार १२० मतसहित पछ्याइरहेका छन्। एमाले सर्वेन्द्र खनाल ५ हजार १६६ मतका साथ तेस्रो स्थानमाछन्।
यसैगरी बारा–२ मा भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार १४६ मतसहित अग्रता लिइरहेको छ। उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार ११७ मत र एमालेका पुरुषोत्तम पौडेलले ५३८ मतका साथ पछ्याइरहेका छन्।
उपनिर्वाचनको मतदान प्रक्रिया हिजो वैशाख १० गते सम्पन्न भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19