विराटनगर। नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ ब्यापारी व्यवसायीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ।

आर्थिक वर्ष २०७३/७४ को एक वर्षको अवधिमा नापतौल यन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमनपछि कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी दिए। 

एक बर्षमा कार्यालयले दुई हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धि नयाँ इजाजतपत्र प्रदान गरेको जानाएको छ।

कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आव २०७३/७४ मा एक करोड १० लाख १७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

पूर्वाञ्चलका सात हजार ३४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँच समेत गराएका थिए।