काठमाण्डौ । तीन पटकसम्म सार्वजनिक सूचना निकाल्दा पनि उपयुक्त विकल्प नआएपछि धितोपत्र बोर्डले हाल जाउलाखेलमा रहेको कार्यालय सार्ने उद्देश्यले पुनः घर भाडामा लिनका लागि सूचना जारी गरेको छ । 

कार्यालय प्रयोजनका लागि उपयुक्त घरको खोजीका लागि बोर्डले चौथोपटक सूचना जारी गरेको हो । 

नेपाल धितोपत्र बोर्डले योसमेत गरी चौथो पटक आफ्नो कार्यालय स्थानान्तरण गर्न खोज्दा समेत पाइएका घरभाडासमेत आवश्यक मापदण्ड अपुुग भएकाले पुुनः सूूूचना निकाल्नुु परेको बोर्डका सहप्रवक्ता रुपेश केसीको भनाइ छ । 

हाल ललितपुुरको जावलाखेलमा स्टाफ कलेजसँग कम्पाउण्डभित्र रहेको बोर्डको कार्यालय साँघुुरो भएकाले घरभाडाको खोजी रहेको उनको जिकिर छ । पहिले बोर्डमा कर्मचारी संख्या ३० मात्र रहेको, तर अहिले बढेर ७० जना हाराहारीमा पुुगेको र पार्किङमा समेत समस्या हुन थालेपछि कार्यालय प्रयोजनका लागि भाडामा लिने गरी घर खोजिरहेको केसीले सुनाए । 

बोर्डले जारी गरेको सूूचनाअनुुसार जावलाखेल, सातदोबाटो, सानेपा, कुुपण्डोल, रामशाहपथ, थापाथली, बबरमहल, लाजिम्पाट, कालिकास्थान, डिल्लीबजार, कमलपोखरी, बालुुवाटार, बानेश्वर, कमलादी, महाराजगञ्ज, चावहिल तथा आसपासका क्षेत्रमा न्यूूनतम २० वटा चारपांग्रे सवारीसाधन र दुुई पांग्रे सवारीसाधन ४० वटा मिल्ने पार्किङ व्यवस्था भएका हुनुपर्नेे र करिब १० हजार वर्गफिट क्षेत्रफलमा ३० देखि ४० वटा कोठाहरु हुुनुुपर्ने भनिएको छ । 

भाडामा घर खोज्दै बोर्डले जारी गरेको सूूचना यस्तो छः