काठमाण्डौ । नेपालको डिजिटल विकासमा उल्लेखनीय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै व्यापारिक सहकार्य गर्ने सम्झौता गरेका छन्। जसअनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एपमार्फत पनि उपभोक्तालाई उप्लब्ध हुनेछ। 

प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा ‘घर सराइ सेवा’ समावेश गर्नेछ। एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाका लागि अनुरोध पठाउन सकिनेछ। उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सकिनेछ। 

असोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउनेछ। 

उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आमउपभोक्ताका आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, ‘इसेवाले जहिलेपनि आमजनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ।’