काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको कोष प्रवर्द्धन तथा एनआईसी एसिया क्यापिटलको योजना व्यवस्थापनमा १ अर्ब २५ करोड मूल्यबराबरको म्युचुअल फन्डमा साउन ८ गतेबाट आवेदन खुला गरिने भएको छ । 

एनआईसी एसिया ब्यालेन्सड् फन्ड नाम दिइएको यो म्युचुअलको प्रतिइकाइ रु. १० अंकित १२ करोड ५० लाख इकाइका लागि आवेदन खुला गरिने भएको हो।

कुल इकाइमध्ये कोष प्रवर्द्धनमा एनआईसी एसिया बैंक लिमिटेडका लागि १४ प्रतिशत अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई १ प्रतिशत अर्थात् १२ लाख ५० हजार इकाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार इकाइ निष्कासन खुला गरिन लागेको हो । यो बन्दमुखी म्युचुअल फन्ड हो । 

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ७५ लाख इकाइका लागि खरिद आवेदन दिन सक्ने छन् । यो म्युचुअल फन्डको निष्कासन बन्द हुने मिति छिटोमा साउन १२ र ढिलामा भदौ ५ गते तोकिएको छ । 

म्युचुलअ फन्डको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी क्यापिटल तोकिएको छ ।