काठमाण्डौ । एसएलसीको नतिजा आएको अवसरमा एप्पल वल्र्ड मोवाइल प्रालिले एलजीको एल ६० मोडल मोवाइल खरीद गर्दा अर्को मोवाइल उपहार पाउने अफर सार्वजनिक गरेको छ ।

चौधरी ग्रुपसँगको सहकार्यमा असार ५ गतेबाट यस्तो अफर लागू हुने बताइएको छ । एप्पल वल्र्डले जारी गरेको विज्ञप्ति अनुसार यो अफर स्टक रहुञ्जेलसम्मका लागि संचालन हुनेछ । 

अफर दिइएको मोडलमा थ्रिजी, वाइफाई, एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम, डुअल कोर प्रोसेसर र ३२ जिबीसम्म स्टोरेज एक्सपान्ड जस्ता विशेषताहरु रहेका छन् । 

नेपाली बजरामा एल ६० को मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने व्यवस्था एप्पल वल्र्ड र यसका आउटलेटबाट मिलाइएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बिजशालालाई बताए । 

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिभी मोबाइल ताम्राकार पसल नं १३, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलोक्ट्रोनिक्स पसल नं एफ २८, सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको द वल्र्ड भिजनको पसल नम्बर ५२७ बाट मोवाइल किन्दा यो अफर पाउने कम्पनीले प्रष्ट्याएको छ ।