काठमाण्डौ । बुधबार दिउँसो १ बजे करिब ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला झुन्डिएको थिए।
३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन।आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो।
त्यहाँ पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केही बालबालिका खेलिरहेका थिए। ती बुद्धा थिईन्, उमेरले नेटो काट्न थालेकी ८६ बार्षीया भुजीदेवी जेठार।
हो यो गाउँ अहिले उनकै जिम्मामा छ। बैशाख पहिलो साता हिड्डुल गर्न नसक्ने बालबालिकालाई भुजीकै जिम्मा छाडेर यहाँको सबै जना यार्सा टिप्न लेक उक्लेका हुन्। बालबालिकाको मात्रै होईन, सिंगै गाउँको सुरक्षाको जिम्मेवारी पनि भुजिकै ठाउँकोमा छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19