– अर्जुन तिमिल्सिना
काठमाण्डौ। अहिले सेयर बजारमा बढोत्तरी आएसँगै ब्रोकर हाउस र डीपीमा लगानीकर्ताको भीडभाड बढ्न थालेको छ।
लगानीकर्ताले विभिन्न समयमा आफूअनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन सक्छन्। विभिन्न कारणबाट ब्रोकर तथा डीपी परिर्वतन गर्नुपर्ने अवस्था आउन सक्छ।
कसैलाई कामको सिलसिलामा वा व्यापार परिर्वतन गरेर एक ठाउँबाट अर्को ठाउँमा जान वा आउन पर्ने हुन सक्छ। त्यसैले आफू बसेको ठाउँ तथा पायक पर्ने ठाउँमा डीपी खोल्न तथा दुईमा एकमात्र डीपी पनि खोल्न सक्छन्।
जति धेरै डीपी भयो त्यति नै धेरै खर्च तथा नवीकरण शुल्क लाग्छ। त्यसैले एकमात्रै डीपी हुँदा मितव्ययी हुन्छ।
यस्तो अवस्थामा एउटा डीपीबाट अर्को डीपीमा सेयर कसरी सार्ने भन्ने जिज्ञासा लगानीकर्तामा हुन सक्छ। यो प्रक्रिया त्यति झन्झटिलो भने छैन।
सबैभन्दा पहिले आफ्नो डीपी भएको ठाउँमा जाने र ‘बीओ टु बीओ’ फाराम भर्ने। डीपीले सम्बन्धित व्यक्ति प्रमाणीकरण गरेपछि सोही दिन नेपाल क्लियरिङ हाउसमा गएर रु. १०० को भौचर भर्नुपर्छ। उक्त भौचर र आफूले भरेको ‘बीओ टु बीओ’ फाराम सीडीएससीमा बुझाएपछि एकैदिनमा सेयर स्थानान्तरण हुन्छ।
सेयर स्थानान्तरणको फारामको नमुना यस्तो छ –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19