काठमाण्डौ । हिजो दोहोरो अंकको करेक्सन आएको बजारमा आज बुधबार दोहोरो अंकका बढोत्तरी भएको छ।
धितोपत्र कारोबारको चौथो दिन बुधबार आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.८६ अंकले घटेर ४४६.३८ को विन्दुमा झरेको छ।
हिजोको तुलनामा आज कारोबार रकम पनि थोरै घटेर ८ अर्ब बढीमा सीमित बनेको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार अहिले बजार निकै संयमित र सकारात्मक ढंगले अगाडि बढिरहेको बताएका छन्। ‘अहिले बजार बढ्नुको मुख्य कारण बैंकको ब्याजदर घट्नु नै हो’, उनले भने, ‘नियामक निकायहरुबाट पनि बजार विस्तारमा सकारात्मक पहलहरु भइरहेका छन्, यसले पनि बजार बढ्न टेवा मिलेको छ।’
बजार बुलिस ट्रेन्डमा रहेको रौनियारको तर्क छ। ‘यो ट्रेन्ड अझै ४ वर्षसम्म रहन्छ’, उनले भने।
कोरोना कारण अन्य क्षेत्रमा गरिने लगानीसमेत सेयर बजारमा भित्रिनु अनि गृहिणीदेखि विद्यार्थीहरुसम्म घरमै बसीबसी सेयर कारोबार गर्ने वातावरण सिर्जना हुँदा पनि बजारले सकारात्मक लय लिएको रौनियारको बुझाइ छ। ‘बजार आगामी दिनमा अझै राम्रो हुँदै जानेछ’, उनले भने, ‘यस्तो बेला राम्रा कम्पनीहरुमा लगानी गर्नु उचित हुन्छ। लगानीकर्ताहरु पनि संयमित हुन आवश्यक छ।’
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर देशभर सेयर कारोबार गर्ने माहौल सिर्जना गर्नुपर्ने रौनियार बताउँछन्। ‘यसले बजार विस्तारमा टेवा पुग्नेछ’, उनले भने।
सक्रिय लगानीकर्ता भीमसेन गिरी बढ्नुमा बजारमा टी प्लस टु लागू हुनु र अनलाइन प्रणालीबाटै कारोबार गर्नेहरु बढ्नु पनि मुख्य कारण हुन सक्ने बताएका छन्। अहिले बजारमा भोलुम धेरै भएकाले बैंकहरु त्यति नचले पनि माइक्रोफाइनान्स, इन्स्योरेन्स र हाइड्रोको मूल्यमा बढोत्तरी भइरहेको र यसले अझै निरन्तरता पाउने उनको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भन ७ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १०५१.१८ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४६४.६८ अंकले बढेको आज व्यापार समूहमा ३२.९६ अंक, लघुवित्त समूहमा ६७.५१ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन सर्वाधिक ३३.७५ अंकले ओरालो लागेको छ। होटेल्स् समूह २४.३९ अंकले घटेको यो दिन बैंकिङ समूहमा १०.१२ अंक, विकास बैंक समूहमा ६.२३ अंक, जलविद्युत् समूहमा ४.०७ अंक, वित्त समूहमा ६.७७ अंक र अन्य समूहमा २.१९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनी
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्राइम कमर्सियल बैंकको ३७ करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २८ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको २७ करोड ८४ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ८७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २४ करोड ५५ लाख रुपैयाँ, नेपाल टेलिकमको २० करोड ७९ लाख रुपैयाँ, नेसनल हाइड्रोको २० करोड ४७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १४ करोड १४ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको १३ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। यो दिन शिखर इन्स्योरेन्सको सेयरमूल्य पनि १० प्रतिशत बढीले बढेको छ।
यो दिन पोखरा फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago