काठमाण्डौ । दोश्रो बजारको तुलनामा पछिल्लो केही समययता सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताहरु मरिहत्ते गरेर पैसा हालिरहेका छन् । कम्पनीको अवस्था बुुझ्दै नबुुझी आइपीओ र एफपीओको नाममा पैसा फसाउने र पछि पछुताउनेहरुको संख्या समेत निकै ठूलो छ । अझ पछिल्लो समय पूँजी जुटाउने उद्देश्यले जलविद्युत कम्पनीहरुले एकपछि अर्को गर्दै आइपीओ ल्याइरहेका छन्, यी कम्पनीको आइपीओमा समेत सर्वसाधारण लगानीकर्ताकै उस्तै मरिहत्ते छ । बित्तीय रुपमा डामाडोल भएका, लगानीको रिटर्न पाउने न्यून संभावना रहेका र आन्तरिक व्यवस्थापन डामाडोल र संचालन खर्च थामिनसक्नुुु भएका कम्पनीहरुमा समेत बुुझ्दै नबुुझी पैसा हाल्नेको लर्को छ । 

यही मेसोमा पैसा हालेर पछुताउन चाहनेहरुका लागि अर्को जलविद्युत कम्पनीले समेत आइपीओ निश्कासनको तयारी थालेको छ । यूनिक हाइडल कम्पनी लिमीटेडले आयोजना प्रभावित सिन्धुुपाल्चोकका स्थानीयबासी, सर्वसाधारण, आफ्ना कर्मचारी र म्युुचुुअल फण्डका लागि कुल २२ लाख कित्ता सेयर आइपीओ गर्दैछ । तर, यो कम्पनीको निश्कासन्मोख आइपीओलाई इक्रा नेपालले भने सबैभन्दा झूर आइपीओ फाइभको रेटिंग दिएको छ । 

सबैभन्दा कमजोर आधारभूत अवस्था रहेका कम्पनीले यो रेटिंग पाउँछन् । यो रेटिंगको अर्थ हो, यस्ता कम्पनी निकै कमजोर र धराशायी छन् र आगामी दिनमा अझ कमजोर बन्नसक्छन् । अझ जलविद्युत कम्पनीको हकमा त अहिले पैसा हालेर रिटर्न पाउन ५ ६ वर्ष नै कुुर्नुपर्छ, पैसा अनावश्यक रुपमा फ्रिज भएर बस्छ । आइपीओमा पैसा हलोर ६ वर्षपछि मात्र रिटर्नको आशा गर्नुु भन्दा बरु कुनै कम्पनीको सेयर किनेर दोश्रो बजारमा बुद्धिमतापूर्वक कारोबार गर्नुमै बुद्धिमानी हुन्छ । 

युनिक हाइडल कम्पनीले ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गर्नेछ भने बाँकी १६ लाख ५० हजार कित्ता सर्वसाधारण, कर्मचारी र म्युुचुुअल फण्डका लागि निश्कासन गर्नेछ । 

सुरुमा बराम्ची जलविद्युत आयोजनाले ९८० किलोवाटको योजनालाई निर्माण गरेको थियो, पछि यो योजनालाई अपग्रेड गरी ४ हजार १ सय ५८ किलोवाट बनाइएको थियो । आयोजनाको प्रारम्भिक उत्पादन क्षमता १ मेगावाट भए पनि २०६७ सालमा यसलाई अझ स्तरउन्नति गरी ४.२ मेगावाट बनाइएको थियो । यो आयोजना युनिक हाइडल कम्पनीको स्वामित्वमा छ।