काठमाण्डौ । एक दिनमा पटक–पटक वा एकैपटक दशलाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्नेहरुको विषयमा नेपाल राष्ट्रबैंकको वित्तीय जानकारी इकाईमा सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने भएको हो ।
यस्तै, सूचक संस्थाले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यवसायिक सम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँचबर्षसम्म राख्नुपर्ने बाध्यात्मक व्यवस्था समेत गरिएको छ।
धितोपत्र तथा वस्तु बजारमा हुनसक्ने शंकास्पद(कालोधन) लगानी निवारणका लागि धितोपत्र बोर्डले 'सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन-२०७६' जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
धितोपत्र तथा वस्तर बजार सम्बन्धी व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न यो निर्देशन जारी गरिएको र साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको उक्त निर्देशनले साविकको निर्देशिकालाई प्रतिस्थापन गरेको बोर्डले प्रष्ट पारेको छ ।
जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरिका, उच्चपदस्थ व्यक्तिको पहिचान अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्ने, जोखिम व्यवस्थापन र मूल्याङ्कनको अधार, बृहत तथा सरलीकृत ग्राहक पहिचान गर्ने तरिकाहरु सम्बन्धमा स्पष्ट व्यवस्था गरी यस निर्देशनले धितोपत्रबजारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा ऐनले निर्देष्ट गरेको व्यवस्थाहरुलाई कार्यान्वयन गर्न समेत सहज गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्देशनले गरेका अन्य व्यवस्थाहरु यसप्रकार रहेका छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19