काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने बताएका छन्। 

काठमाण्डौमा आयोजित ‘अर्थतन्त्र : अबको बाटो’ अन्तक्र्रियामा अध्यक्ष मल्लले उच्च ब्याजदरले उद्योगी–व्यवसायीका साथै समग्र ऋणीहरु आक्रान्त बनेको अवस्था रहेको बताए। ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ भन्ने चेम्बरले आवाज उठाउँदै आएको छ’, उनले भने। 

२०७८ चैत मसान्तदेखि नै बढेको बैंकदरले वित्तीय क्षेत्रलाई असन्तुलित बनाएको अध्यक्ष मल्लले बताउ। ‘बंैकदर घट्यो भने बेसरेट पनि घट्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘बंैक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियम पनि व्यक्तिअनुसार फरक हुँदा यसले समस्या उत्पन्न गरेको छ। कसैलाई ०.५ प्रतिशत र कसैलाई ६ प्रतिशतसम्म प्रिमियम लिँदा ठूलालाई चयन र सानालाई ऐनजस्तै भएको छ।’

उत्पादन वृद्धि, लगानीमैत्री वातावरण एवं व्यवसायिक गतिविधिलाई बढाएर अर्थतन्त्रलाई अगाडि बढाउनुको विकल्प नरहेको मल्लले बताए। ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि लगानीमैत्री वातावारण, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि पर्यटन एवं जलस्रोतलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नु आजको आवश्यकता हो’, उनले भने, ‘यसका लागि ठोस योजना र सुशासन पहिलो सर्त हो।’