काठमाण्डौ । उद्योगपति विनोद चौधरी फोब्र्सको अर्बपति सूचिको २ स्थान माथि उक्लिएका छन्।

फोब्र्सले मंगलबार सार्वजनिक गरेको विश्वका डलर अर्बपतिहरुको नयाँ सूचिमा विनोद चौधरी गत वर्षको तुलनामा २ स्थान माथि उक्लिएका हुन् । 

गत वर्षको फोब्र्सको अर्बपति सूचिमा उनी १५६३ औं स्थानमा थिए भने यो वर्ष उनी १५६१ स्थानमा उक्लिन सफल भएका हुन् । 

गत वर्षको १.३१ अर्ब डलर सम्पत्ति रहेकोमा यो वर्ष भने उनले सम्पत्ति बढाएर १.५ अर्ब पुर्याएका छन् । यो हिसाबले एकवर्षको अवधिमा विनोद चौधरीको सम्पत्ति १९ अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ ।