काठमाण्डौ । प्राथमिक बजार गुल्जार भइरहेको छ ।
दैनिक असंख्य लगानीकर्ताको उत्साहपूर्ण प्रवेश र नयाँ कम्पनीका आइपीओ निष्कासनको बाढीले प्राथमिक बजार गुल्जार भएको हो ।
नयाँ आइपीओ आउने क्रममा एक साताको अन्तरालमा २ कम्पनीका आइपीओ आउने भएको छ । एक हाइड्रोपावर अर्को भने लघुवित्त कम्पनीको रहेको छ ।
आजकल सबै आइपीओ निष्कासन शुक्रबार नै हुन पनि थालेको छ, त्यसैले हिजोआज शुक्रबारलाई आइपीओ डे का रुपमा चिनिन्छ ।
आज माघ २३ गते शुक्रबार ग्रीनलाइफ हाइड्रोपावर र आगामी शुक्रबार महिला लघुवित्तले आइपीओ निष्कासन गरेका हुन् ।
कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ।
कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ५९८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
केयर रेटिङ नेपाल लिमिटेडले यो आईपीओलाई ‘केयर–एनपी बी प्लस (आईएस)’ प्रदान गरेको छ। यस क्रेडिट रेटिङले निष्कासनकर्ता वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ। यो रेटिङको वहाल अवधि सन् २०२१ नोभेम्बर २५ सम्म रहेको छ।
यस्तै, महिला लघुवित्तको कुल ४ करोड रुपैयाँबराबरको आईपीओ आगामी माघ ३० गते शुक्रबारबाट निष्कासन हुँदैछ । आईपीओ निष्कासन बन्द भने छिटोमा फागुन ४ गते र ढिलामा फागुन १४ गते बैंकिङ समयपछि हुने बताइएको छ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्नेछन्।
यसैगरी महिलाको लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। यो आईपीओ बिक्रीपछि चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ।
यो लघुवित्तको मुख्य कार्यालय काभ्रेमा रहेको छ भने काठमाण्डौ उपत्यकाभित्र १० र बाहिरका विभिन्न जिल्लामा १० गरी २० शाखा कार्यालय रहेका छन्।
यो लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो ।
कति दिने आवेदन ?
आज शुक्रबारबाट आइपीओ निष्कासन भएको ग्रीनलाइफ हाइडोपावरको ३४ लाख ९६ हजार ४०० कित्ता मात्रै छ । हिजोआज आइपीओमा आवेदन गर्नेको संख्या करिब १५ लाख पुगेका छन् तर हाइड्रोपावर कम्पनी भने खासै चार्म नहुने भएकाले करिब १० लाख आवेदन मात्रै पर्नसक्ने प्रबल सम्भावना रहन्छ । आइपीओ बाँडफाँडमा समावेशी रुपमा न्यूनतम सबैलाई १० कित्ता बाँड्नुपर्ने भएकाले १० लाख आवेदन परेको खण्डमा समेत गोलाप्रथामै जाने सुनिश्चित छ । यसकारण ग्रीनलाइफको आइपीओमा १० कित्ताका लागि रु.१ हजारमात्रै लगानी गर्दा उपयुक्त हुन्छ ।
यसैगरी, लघवित्त कम्पनीका आइपीओमा सर्वसाधारणको बिछट्टै आकर्षण देखिन्छ । यो आइपीओमा १५ लाख बढीले आवेदन गर्दा महिला लघुवित्तले निष्कासन गरेको ३ लाख ७५ हजार कित्ता पनि गोलाप्रथाद्धारा नै बाँडफाँड हुनेछ । महिला लघुवित्तको आइपीओमा पनि १० कित्ताका लागि रु.१ हजारमात्रै लगानी गर्दा उपयुक्त हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago