Market Fall
काठमाण्डौ । आम लगानीको अपेक्षाविपरीत मंगलबार पूँजीबजारमा पहिरो गएको छ ।
नेप्से परिसूचकमा २४.६३ अंक अर्थात १.४१ प्रतिशतको पहिरो गएको हो । एकाएक बजारमा पहिरो गएका कारण सबै समूहको सूचकमा रातो पोतिएको छ ।
बजारमा सेयर खरीदको चाप खासै नहुँदा, बैंकहरुले मुद्धती निक्षेपमा बढाइरहेको ब्याजदर, अधिकांश बैंक तथा बित्तीय संस्थाको लाभांश घोषणा भइसकेको अवस्था तथा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहँदा लगानीकर्ता पर्ख र हेरमा रहेका र चाडपर्वको ह्यांगओभर अझै नसकिँदा समेत बजारमा यसरी पहिरो गएको विश्लेषक बताउँछन् ।
मंगलबार नेप्से परिसूचक १७२४.४९ अंकमा झरेकोछ । क वर्गका कम्पनीमा सर्वसाधारणको खासै चाप नभएका कारण सेन्सेटिभ इण्डेक्स ५.७८ अंकले ओरालो लाग्यो ।
मंगलबार नेप्सेका ५ समूहमा दोहोरो, एक समूहमा तेहेरो र बाँकी २ समूहमा एक अंकको गिरावट देखियो ।
वाणिज्य बैंक समूहमा २७.०६ अंकको पहिरो गयो । होटल समूह ४३.८४ अंकले घट्यो भने बिमा समूह १२९.६९ अंकले ओर्लियो । विकास बैंकमा १८.४, बित्त समूहमा ४.५३, जलविद्युतमा ४७.३१, उत्पादनमूलकमा ३१.०३ र अन्य समूहमा १.१६ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकमा पहिरो गए पनि मंगलबार ७६ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भए । सबैभन्दा बढी वाणिज्य बैंक समूहको ३२ करोड, विकास बैंक समूहको २० करोड र बिमा समूहले १७ करोड हाराहारीमा कारोबार गरे । १ सय ३८ कम्पनीका कुल १० लाख ३८ हजार ५ सय ४७ कित्ता सेयरको किनबेच भयो ।
मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ९ करोड ८६ लाख बराबरको कारोबार गर्यो । सिभिल बैंकलले ६ करोड ९५ लाख, बैंक अफ काठमाण्डौ लुम्बिनी लिमीटेडले ३ करोड ७१ लाख, शिखर इन्स्योेरेन्सले २ करोड १५ लाखको कारोबार गरे । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले १ करोड ८८ लाख, एभरेष्ट बैंकले पनि १ करोड ८८ लाख, कुमारी बैंकले १ करोड ८१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ८० लाख तथा लुम्बिनी जनरल इन्स्योरेन्सले १ करोड ७९ लाख बराबरको सेयर कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार पूँजीबजारमा पहिरो गए पनि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले भने पैसा छाप्यो । यो बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । लक्ष्मी लघुवित्त बित्तीय संस्थाको सेयर मूल्य पनि ७ प्रतिशत बढीले वृद्धि भयो ।
मंगलबार प्रोग्रेसिभ फाइनान्स लिमीटेडका लगानीकर्ताले धेरै घाटा व्यहोर्नुपर्यो । यो कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले घट्यो । बुटवल पावर कम्पनीको सेयर मूल्यमा पनि ७ प्रतिशतको हाराहारीले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago