काठमाण्डौ । एकाएक झण्डै २० अंकले बढिसकेको बजार पुनः तल झर्न थालेको छ । यो दिउँसो २ बजेसम्मको मार्केट अपडेट हो । 

दिउँसो २ बजेसम्म बजार ८.६५ अंकले बढेको छ । नेप्से परिसूचक १२०३.१५ अंकमा फर्किएको छ । तर, वृद्धिदर अझै तल ओर्लने क्रम जारी छ । 

यो बेलासम्म बजारमा २० करोडको हाराहारीमा सेयर किनबेच भइसकेको छ । बजार बन्द हुन अझै १ घण्टा बाँकी छँदा भएको यो कारोबार हिजोको तुलनामा उत्साहजनक नै छ । 

ब्याजदर निरन्तर घट्न थालेपछि र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुनिश्चिताको आभास हुन थालेपछि लगानीकर्ताको मनोलब दिनहुँ बढ्न थालेको विश्लेषकहरु बताउँछन् । यसैका परिणाम स्वरुप मंगलबारको बजार झण्डै २० अंकको बढोत्तरीसम्म पुगेको बताइन्छ । 

दिउँसो २ बजेसम्ममा क वर्गका कम्पनीका खरीद चाप देखिएको थियो भने उत्पादनमूलकबाहेक सबै समूहमा हरियो पोतिएको थियो । सबैभन्दा बढी होटल समूह बढेको छ । यो समूहको उपसूचक करिब ४ प्रतिशतले वृद्धि भइसकेको छ । निर्जीवन बिमा समूह पनि १.४६ प्रतिशतले बढिसकेको छ । 

नवील बैंकले सबैभन्दा धेरै १ करोड ३८ लाखको कारोबार गरिसकेको छ भने उसलाई नेपाल बैंकले पछ्याइरहेको छ ।