काठमाण्डौ । आगामी साता बजारमा एकैदिन थप २० करोड कित्ता सेयर कारोबारमा आउने भएका छन्।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा(को बिहीबार नेप्सेमा सूचीकृत भएको २० करोड कित्ता सेयर कारोबारमा आउने भएको हो।
नेप्सेमा कुनै एउटा कम्पनीको सूचीकृत सेयर संख्या यो हालसम्मकै उच्च हो।
निफ्राको आईपीओ निष्कासन हुँदा प्राथमिक बजार नै तरंगित भएको थियो। निफ्राको आइपीओ भर्नकै लागि मर्चेन्ट बैंकहरुमा डिम्याट खाता खोल्ने र मेरो सेयरको लगइन लिनेहरुको केही दिनसम्म लाइन नै लागेको थियो । निफ्राकै आइपीओले पहिलो बजार गुल्जार भएका कारण त्यही सेयर दोश्रो बजारमा कारोबार हुँदा यसले दोश्रो बजारलाई पनि गुल्जार बनाइदिने अनुमान गरिएको छ ।
अब दोस्रो बजारमा यति धेरै कित्ता सेयर एकैपटक कारोबारमा आउने भएपछि केही दिनयता सुस्त देखिएको बजारमा पुनः रौनक आउने बजार विश्लेषकहरुको ठम्याइ छ।
त्यसो त यदि नेप्सेले तोकेको न्यूनतम रेञ्जबाट कारोबार खुलेर अधिकतम रेन्जसम्म अर्थात प्रतिकित्ता ३४० रुपैयाँसम्मै मूल्य पुग्यो भने पनि निफ्राका कारण बजारपुँजीकरणको आकार पनि सर्वाधिक उचाइमा पुग्ने देखिन्छ । बढ्दो बजारमा यो कम्पनीको मूल्य कम्तीमा प्रतिकित्ता ५०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसो भयो भने त बजार पूँजीकरण झै माथि पुग्नेछ । यदि ३४० रुपैयाँ मात्रै मूल्य पुग्यो भने पनि यो एउटा कम्पनीका कारण केही दिनमै बजारपुँजीकरणमा ६८ अर्ब १७ करोड रुपैयाँको योगदान हुनेछ । यसरी हेर्दा सेयर बजारको कुल पूँजीकरण केही केही दिनभित्रै ३५ खर्ब माथि पुग्ने देखिन्छ । यो भनेको झण्डै मुलुकको जीडीपी बराबरको आकार हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार मुलुकको जीडीपीको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19