काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाभाइरसबाट ४ हजार २१३ संक्रमित भएका छन्। एकैदिन यति धेरै संक्रमित भएको भारतमा यो पहिलोपटक हो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। जसमा ४४ हजार २९ संक्रमितको उपचार भइरहेको छ भने २० हजार ९१६ जना उपचारपछि घर फर्किएका छन्। 

भारतको सरकारी आँकडाअनुसार आइतबार रातिसम् मभारतमा कोरोनाबाट २ हजार २०६ जनाको ज्यान गइसकेको छ। 

भारतमा कोरोनाबाट महाराष्ट्र बढी प्रभावित छ। त्यहाँ हालसम्म २२ हजार १७१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ८३२ जनाको ज्यान गइसकेको छ। 

त्यसपछि गुजारातमा ८ हजार १९४ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमा ४९३ जनाले ज्यान गुमाएका छन्। 

तमिलनाडुमा ७ हजार २०४ र दिल्लीमा ६ हजार ९२३ संक्रमित भएका छन्। – एजेन्सी