काठमाण्डौ । अमेरिकी खर्बपति ब्यापारी एल मस्कको कम्पनी एक्सले हालै दुई वटा नयाँ सब्सक्रिप्सन योजनाको परीक्षण शुरुवात गरेको छ ।

सोसल मिडिया प्लाटर्फम एक्सले पहिलो सब्सक्रिप्सन मोडललाई  प्रिमियम प्लस टियर नामकरण गरेको छ। यसको मासिक शुल्क १६ अमेरिकी डलर छ । यो मोडल अन्तरगत प्रयोगकर्ताहरुले प्लाटर्फममा विज्ञापन देख्न पाउने छैनन् । त्यसका साथै प्रयोगकर्ताले रिप्लाई बूस्ट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो सब्सक्रिप्सन मोडल चाहिं बेसिक रहेको छ । जसको शुल्क ३ अमेरिकी डलर रहेको छ । यस अन्तरगत प्रयोगकर्ताले ब्लू टिक भने पाउँदैनन् ।तर पनि अन्य सुविधाहरू भने प्रयोग पाउने छन् । जसमा लामो पोस्टहरु गर्ने, पोस्टलाई सम्पादन गर्ने र छोटो रिप्लाई बूस्ट लगायत छन् ।
एक वर्षमा आधाले घट्यो ट्वीटरको आम्दानी

जब  उनले ट्वीटर ब्राण्ड खरीद गरे त्यससमयदेखि नै  कम्पनी कमजोर बन्दै गएको छ भन विज्ञापनदाताहरुको संख्या पनि घटिरहेको छ । विज्ञापनदाताहरु मस्कका विवादास्पद तथा नियम उल्लंघनकारी ट्वीटहरुलाई समेत बढावा दिने गतिविधिबाट चिन्तित छन् । सन् २०२२ को अक्टोबरमा मस्कले खरिद गरेयता एक्सको आम्दानीमा ५० प्रतिशतले गिरावट आएको छ ।

इनसाइडर इन्टेलिजेन्सका विश्लेषक ज्यास्मिन एनबर्गका अनुसार नाम चाहे ट्वीटर होस् वा एक्स ब्राण्ड इक्विटी तथा विज्ञापनदाताहरुको संख्या पहिलेदेखि नै प्रभावित भएको छ ।

गत १० वर्षमध्ये ८ वर्षमा  एक्सले कुनै नाफा कमाएको छैन । एक्सको कुल आम्दानीको ९० प्रतिशत डिजिटल विज्ञापनबाट आउँछ । तर पछिल्लो समय यस्तो आम्दानी घट्दै गइरहेको छ । -एजेन्सी