काठमाडौँ । भुक्तानी सेवा प्रदायक फोनपेले “फोनपे गर्ने हो” नामक अभियानको घोषणा गरेको छ । ‘फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देश सहित कम्पनीले अभियान घोषणा गरेको हो । 

कम्पनीले फोनपे क्युआर र फोनपे डाइरेक्ट(अन्तर बैंकिङ भुक्तानी)को सरलता र सहजतालाई जोड दिदैँ यो अभियान सुरु गरिएको जनाएको छ । परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन यस अभियानले प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ । 

यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधिभर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ  । यस्तै फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा सहभागी  दुई भाग्यशाली विजेताहरूलाई एमआई साओमी१२ स्मार्ट फोन प्रदान गरिने  कम्पनीले जानकारी दिएको छ ।यो अभियान पुस १३ गतेदेखि १७ गतेसम्म चल्ने कम्पनी जनाएको छ । 

 

 


।