काठमाण्डौ । ह्वाट्सएपको लोकप्रियता कसैबाट लुकेको छैन। संसारभरि यसका लाखौँ प्रयोगकर्ता छन्। 

ह्वाट्सअपले फेरि ५ वटा गज्जबको फिचर ल्याउन लागेको छ। जुन चाँडै आउँदैछन्। यसमा ई–मेल भेरिफिकेसनको अप्सन पनि उपलब्ध हुनेछ। त्यसपछि प्रयोगकर्तालाई फोन नम्बरमा प्राप्त भएको ओटीपीको आवश्यकता पर्दैन। 

यसबाहेक सर्चमा क्यालेन्डरको अप्सन र मल्टी अकाउन्ट लगइनको फिचर पनि हुनेछ।

यस्ता छन् सुविधा

एउटा फोनमा चल्नेछन् दुईवटा ह्वाट्सएप

यदि प्रयोगकर्ताको स्मार्टफोनमा डुअल सिम छ र दुवै सिममा ह्वाट्सएप चलाउन चाहन्छन् भने अब कम्पनीले नयाँ फिचर ल्याएको छ। जसको सहयोगले एउटै एपमा दुईवटा ह्वाट्सएप अकाउन्ट नम्बर प्रयोग गर्न सकिनेछ। मेटाले आफ्नो ब्लग पोस्टमा यसबारे जानकारी दिएको छ।

ई–मेल भेरिफिकेसन

ह्वाट्सएपले एउटा नयाँ फिचरमा काम गरिरहेको छ। जसको नाम ई–मेल भेरिफिकेसन हो। यो सुविधा ह्वाट्सएपको अकाउन्ट सेटिङभित्र ई–मेल एड्रेसका रुपमा देख्न सकिन्छ। तर, स्टेबल भर्जनमा कहिले रिलिज हुन्छ भन्ने अहिले नै भन्न गाह्रो छ।

लामो स्क्रोलिङबाट पाइनेछ छुटकारा

ह्वाट्सएप प्लेटफर्ममा छिट्टै नयाँ फिचर आउने भएको छ। यो सुविधा प्रयोगकर्ताले खोजमा क्यालेन्डरका रुपमा देख्न सक्नेछन्। यसको मद्दतले प्रयोगकर्ताले आफ्ना पुराना फाइल सजिलैसँग खोज्न सक्नेछन्। यसमा प्रयोगकर्ताले चाहिएको मिति चयन गर्न र त्यसपछि उनीहरुलाई खोज्न सक्षम हुनेछ। यो सुविधा बिटा भर्जन V2.2348.50  मा देखाइएको छ।

अल्टरनेटिभ प्रोफाइल अप्सन

ह्वाट्सएपमा गोपनीयतासम्बन्धी नयाँ फिचर चाँडै ल्याइँदैछ। यस सुविधाको नाम वैकल्पिक प्रोफाइल गोपनीयता सुविधा हो। यस्तो अवस्थामा प्रयोगकर्ताले आफ्नो नम्बर सेभ नभएका व्यक्तिहरुसँग वैकल्पिक प्रोफाइलहरु साझेदारी गर्न सक्षम हुनुहुनेछ। वैकल्पिक प्रोफाइलमा नाम, फोटो र अन्य विवरण परिवर्तन गर्न सकिन्छ।

ओरिजनल क्वालिटीमा पठाउन सकिन्छ फोटो र भिडियो

ह्वाट्सएपले अर्को नयाँ फिचरमा काम गरिरहेको छ। जसको मद्दतले प्रयोगकर्ताले आफ्नो भिडियो, फोटो र डकुमेन्ट ओरिजिनल क्वालिटीमा पठाउन सक्नेछन्। यो जानकारी डब्ल्यूए बिटा इन्फोद्वारा पनि साझा गरिएको छ। – एजेन्सीको सहयोगमा