काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाण्डौ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ।

यस छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रु. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्। यो योजना यही पुस २० गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले  रु. ९०० सम्म छुट लिन सक्नेछन्।

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले काठमाण्डौ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मोबैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।