saudi arabia
काठमाण्डौ । साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी (पासपोर्ट) फिर्ता गर्न एक महिनाको समय तोकेको छ ।
श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकारमा दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ ।
साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन । साउदीस्थित नेपाली दूतावासमा कम्पनीले राहदानी जफत गरेको र आफूहरु घर फिर्न नसकेको भन्दै दैनिक ४० भन्दा बढी उजुरी पर्ने गरेको छ ।
कम्पनीले साउदी पुगेलगत्तै विमानस्थलबाटै राहदानी र उनीहरुका रोजगार करारपत्र समेत राखिदिने गरेको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago