काठमाण्डौ । बिहीबार नेपालमा थप २ जना कोरोना संक्रमित भेटिएका छन् । 

उदयपुरमा एक ५५ वर्षीया महिला र जनकपुुरका १४ वर्षीया किशोरको पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार योसँगै अब संक्रमित हुनेहरुको कुल संख्या ४७ पुगेको छ । 

बिहीबार नै पाटनमा उपचार गराइरहेका सनसिटीका २ संक्रमित डिस्चार्ज भएपछि हालसम्म निको भएर घर फर्किने संक्रमितको संख्या ९ पुगेको छ । 

डा. देवकोटाका अनुसार हाल संक्रमित भई उपचार गराइरहेका सबैको अवस्था सामान्य छ ।