काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले ङादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता ङादी ग्रुप पावरको २६३.४८ रुपैयाँ, स्वावलम्बन लघुवित्तको ९८२.६१ रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको ३१०.४८ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार ङादी ग्रुप पावरको २७६ रुपैयाँ, स्वावलम्बन लघुवित्तको ११३० रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको ३२६ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

गत आर्थिक वर्षका लागि ङादी ग्रुप पावरले ४ं७५ प्रतिशत, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन्।

यी कम्पनीले प्रस्तावित लाभांश अनुमोदन गर्न वार्षिक साधारणसभा गर्दैछन्। सोही वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।